फार्नबरो । तनहुँ समाज यूकेले गत १६ जुलाई२०१६ का दिन अल्डरसटस्थित कनट स्कूलमा भेटघाट कार्यक्रमको आयोजना गर्यो । प्रत्येक बर्ष समाजले बेलायतका विभिन्न ठाउँमा रहेका तनहुँवासीलार्इ  एकआपसमा आबद्ध बनार्इ  भावनात्मक सम्बन्ध स्थापित तथा सहयोगको आदान प्रदान गर्नका लागि कार्यक्रम आयाजेना गर्दै आएका छौ बेलायतमा रहेका तनहुँ वासीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा वृद्धवृद्धाहरुको समेत बिशेष उपस्थिति रहेको थियो । एनआरएनए यूकेका अध्यक्ष मुछेत्र गुरुङ र तनहुँ समाज यूकेका अध्यक्ष लेख गुरुङले संयुक्त रुपमा दिप प्रज्ज्वलन गरीउद्घघाटनगरिएको कार्यक्रममा लमजुङ समाज यूके,गोर्खाली समाज यूके र पाल्पाली भञ्ज्याङ् यूकेकाअध्यक्षहरुको समेत बिशेष उपस्थिति रहेको थियो ।प्रमुख अतिथि मुछेत्र गुरुङ लगायत सबै अतिथिहरुलाई अध्यक्ष गुरुङले खादा लगाई स्वागत गरेका थिए ।

यस्तै, नेपालबाट आएका दोहोरीकलाकार द्वय बिरु लामा र जुना श्रीसलाई पनि खादा लगाई स्वागत तथा सम्मान गरियो । कार्यक्रममा प्रमुख अतिथि मुछेत्र गुरुङले उपस्थित तनहुँ वासीलाई न्यायो अभिवादन दिँदै एनआरएनएयूकेले नेपाल हाउस बनाउन लागेको जानकारी गराउँदै सहयोगका लागि अनुरोध गरे । त्यस्तै, उपस्थित अतिथिहरुले छिमेकी जिल्ला भएकोले भावनात्मकसम्बन्धलाई प्रगाढ बनाउनुपर्छ भनि मन्तब्य दिएकाथिए । पहिलो औपचारिक कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष गुरुङको तर्फबाट प्रमुख अतिथि, कलाकार र उपस्थित जिल्लावासीलाई हार्दिक धन्यवाद प्रकट गरे । दोस्रो चरणको साँस्कृतिक कार्यक्रम कार्यसमितिका साँस्कृतिक संयोजक अनिता राना र याम थापाले सञ्चालन गरेका थिए ।

साँस्कृतिक कार्यक्रममा कौरा नृत्य प्रस्तुतगरिएको थियो । त्यस्तै, कलाकारहरुमा बिरु लामा, जुना श्रीस, भिम आले, मनसुधन थापा, कल्पना गरुङ,बीरबहादुर थापाले विभिन्न चर्चित गीतहरु प्रस्तुत गरेकाथिए । नृत्यतर्फ सविता राना, पवित्र थापा, लक्ष्मी थापा,सुविर दर्लामी, असिन थापा, अमिर श्रीसले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिलाए । कार्यक्रमलाई थप आकर्षक बनाउन विविध मनोरञ्जन कार्यक्रमका साथसाथै राफल ड्र समेतराखिएको थियो । राफल ड्र को पहिलो पुरस्कारबापत प्रताप शाहीले सुनको जन्तर प्राप्त गरे भने पूर्णमायाथापाले दोस्रो पुरस्कार बापत घडी हात पारे । त्यस्तैसीता गुरुङले तेस्रो पुरस्कार नगद पचास पाउण्ड र मोहनबीर थापाले चौथो पुरस्कार प्राप्त गरे । विविध मनोरञ्जनात्मक कार्यक्रमसहित सम्पन्नकार्यक्रममा विभिन्न विश्वविद्यालयबाट ग्र्याजुयेशन  गरका ६ जना विद्यार्थीलाई समाजका अध्यक्षले खादा लगाई बधाई दिँदै सम्मान गरेका थिए ।

तनहुँ समाजयूकेका अध्यक्ष लेख गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजका उपाध्यक्ष नेम थापाले स्वागत मन्तब्य, कार्यसमितिका सदस्य प्रकाश गौतमले हेल्थ एण्ड सेफ्टी बारे जानकारी गराएका थिए भने समाजका सचिव सूर्य गुरुङले औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए ।

Summer Get together 2018

बेलायतको विभीन्न ठाउँमा बसोबास गर्दै आउनुभएका सम्पूर्ण तनहुँ जिल्लावासी दाजुभाइ तथा दिदीबहिनीहरुलाई निम्न लिखित समय र स्थानमा यस बर्षको ग्रीष्म ऋतु-भेटघाट ( Summer Get Together ) कार्यक्रम सम्पन्न हुन गइरहेको सहर्ष जानकारी गराउछौ  विगतका वर्षहरुमा झैँ यस पटक पनि विभिन्न आयोजना र साँस्कृतिक तथा मनोरंजानात्मक कार्यक्रमहरु संचालन हुने भएकोले यो हाम्रो आफ्नै बार्षिक भेटघाटमा बा-आमा, दाजुभाइ, दिदीवहिनी र इस्टमित्र पाहुनाहरु तथा सम्पूर्ण तनहुँवासीलाई सादरआमान्त्रण गर्दछौं, कार्यक्रममा उपस्थिति भएर शोभा बढाईदिनुहुन हार्दिकताका साथ  विनम्र अनुरोध पनि  छ |

समय :- शनिवार, २३ जुन   २०१८ , १२:०० बजे देखि २२:०० सम्म

स्थान :-  फार्नवोरो, यु.के.

Venue: Samuel Cody Specialist Sport College

Ballantyne Road

Farnborough Hants

GU14 8SN 

सम्पर्कको लागि 

Facebook तनहुँ समाज यूके 

तनहुँ समाज यु.के.

www.tanahunsamaj.co.uk

Free business joomla templates